भारतमा घट्दै कोरोनाको प्रभाव, संक्रमितकै दरमा पुग्यो कोरोनामुक्त हुनेको संख्या

एजेन्सी    

भारतमा घट्दै कोरोनाको प्रभाव, संक्रमितकै दरमा पुग्यो कोरोनामुक्त हुनेको संख्या

भारतमा कोरोनाको प्रभाव घट्दै गएको देखिएको छ। कोरोनाबाट अतिप्रभावित क्षेत्रमा लकडाउनजस्ता उपाय अपनाइँदा कोरोनाको प्रभाव घट्न थालेको बताइएको छ।

गएको २४ घण्टामा भारतमा ३ लाख ६२ हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। यसबीचमा सोही अवधिमा ३ लाख ५२ हजार कोरोना संक्रमित कोरोनामुक्त भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसको अर्थ झन्डै एउटै अनुपातमा कोरोना नयाँ संक्रमित र निको हुने दर पुगेको छ। केही समय अगाडिसम्म भारतमा ४ लाखभन्दा बढीको दरले कोरोना संक्रमित थपिरहेका थिए। अहिले कोरानो संक्रमितको दर पनि घट्दै गएको छ।

मन्त्रालयका अनुसार भारतमा गएको २४ घण्टामा भाइरसका कारण ४ हजार १२० संक्रमितको मृत्यु भएको छ। यस्तै अहिले भारतमा ३७ लाख सक्रिय संक्रमित भएको पनि जानकारी दिइएको छ।



बिहिबार ३०, बैशाख २०७८ ०१:२९ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस