कोरोना संक्रमणका कारण एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कठायतको मृत्यु

कोरोना संक्रमणका कारण एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कठायतको मृत्यु

धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीको शिखर नगरपालिका–३ का युवानेता लालबहादुर कठायतको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

केही दिन पहिले संक्रमण पुस्टि भएका उनलाई थप उपचारका लागि कैलाली ल्याइएकोमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।