कञ्चनपुरमा एक युवकको हत्या

कञ्चनपुरमा  एक युवकको हत्या

कञ्चनपुर जिल्लाको महाकाली नगरपालिकामा एक युवकको चिर्पट प्रहार गरी हत्या गरिएको छ। स्थानीय महेन्द्रसिंह बोहोराले महाकाली नगरपालिका– २ का २२ वर्षीय हरजितसिंह धामीको हत्या गरेको प्रहरीले जनाएको छ ।

स्थानीय कालुसिंह बोहराको घरमा विवाहको साँस्कृतिक कार्यक्रम चलिरहेको बेला स्थानीय महेन्द्रसिंह बोहराले धामीको टाउकोमा चिर्पट प्रहार गरेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार चर्पट प्रहार गरे लगत्तै गम्भीर घाईते भएका धामीलाई उपचारका लागि भारतको खटिमा र्पुयाइएको थियो। धामीको उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।  घटना सम्बन्धी थप अनुसन्धान भैरहेको उहाँले जानकारी दिनुभयो ।