पहाडी भूभागमा वर्षाकाे सम्भावना

पहाडी भूभागमा वर्षाकाे सम्भावना

शुक्रबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसाे देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्व भूभाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखाको प्रभाव रहेको छ।

शुक्रबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। शनिबार राति प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।