टस जितेर बलिङ गरेको नेपालको उत्कृट सुरुवात

टस जितेर बलिङ गरेको नेपालको उत्कृट सुरुवात

यूएईविरुद्धको एकदिवसीय सिरिज अन्तर्गत अहिले तेस्रो तथा अन्तिम खेल जारी छ ।

टस जितेर बलिङ गरेको नेपालले उत्कृट सुरुवात गरेको छ । ११ ओभर सकिँदा नेपालले दुइ विकेट लिएर १७ रनमात्र दिएको छ ।

ओपनिङ बलर सोमपाल कामी र करण केसीले आफ्नो पहिलो ओभरमा मेडन लिएका थिए । तेस्रो ओभरको पाँचौं बलमा सोमपाल कामीले यूएईका ओपनर अश्फाक अहमेदलाई शून्य रनमै विनोद भण्डारीबाट क्याच आउट गराए ।