कञ्चनपुरमा एकजना पुरुष मृत फेला

धनगढी खबर    

कञ्चनपुरमा एकजना पुरुष मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका ५ सोभाताल स्थायी घर भएका करिब ३० वर्षीय राम प्रसाद चौधरी मृत फेला परेका हुन् ।

ज्याला मजदुरीको काम गर्न भिमदत्त नगरपालिका ८ मा डेरा गरी बस्दै आएका चौधरी शुक्रवार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए ।

मृतकको शव अहिले महाकाली अस्पतालमा राखिएको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



शुक्रबार ३१, बैशाख २०७८ १२:५६ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस