माधव नेपालले बोलाए आफूपक्षीय नेताहरुको बैठक

धनगढी खबर    

माधव नेपालले बोलाए आफूपक्षीय नेताहरुको बैठक

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका छन् । आज दिउँसो ३ बजे भर्चुअल बैठकको आयोजना गरेको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए ।
 
नेता नेपालले हिजो अध्यक्ष केपी शर्मा ओलीसँग भएको समझदारीबारे जानकारी गराउन लागेका हुन् । ओली र नेता नेपालबीच बिहीबार वार्ता भएको थियो ।

उक्त वार्तापछि नेताहरु पार्टीको विवाद साँघुर्याउनका लागि कार्यदल बनाउने समझदारीमा पुगेका छन् । वार्तापछि नेता नेपालले संवादले राजीनामा तत्कालका लागि टरेको प्रतिक्रिया दिएका थिए ।



शुक्रबार ३१, बैशाख २०७८ ०१:२९ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस