सुदूरपश्चिम प्रदेश सरकार फेरिने चर्चा सुरु, एमाले सांसद केन्द्रको निर्णय पर्खिदैं

धनगढी खबर    

सुदूरपश्चिम प्रदेश सरकार फेरिने चर्चा सुरु, एमाले सांसद केन्द्रको निर्णय पर्खिदैं

धनगढी । लामो समयको रस्साकस्सीपछि एमालेका दुई पक्ष एक ठाउँमा आएसँगै सुदूरपश्चिम प्रदेश सरकार फेरिने चर्चा सुरु भएको छ । एमालेका दुई पक्ष ओली र माधव(झलनाथबीच केन्द्र सरकार सञ्चालन गर्ने सहमति भएपछि त्यसको असर प्रदेशमा पनि पर्ने भएको हो ।

माओवादी केन्द्रबाट बनेका वर्तमान मुख्यमन्त्री त्रिलोचन भट्टलाई हटाएर एमालेको सरकार गठन गर्न केन्द्रको निर्णय पर्खिरहेको सांसदहरूले बताएका छन् । मुख्यमन्त्री भट्टले पदबाट हटाइदिएका पूर्वभौतिक पूर्वाधार मन्त्री एंव एमाले सांसद पठानसिंह बोहराले अब अहिलेको सरकार परिवर्तन हुने जानकारी दिए ।

‘यो सरकार हिजो एक परिस्थितिमा बनेको थियो । अहिले फरक परिस्थिति छ। संसदमा ठूलो दल एमालेको सरकार गठनका लागि काम हुन्छ,’ उनले भने। नेकपा एमालेमा देखिएको विवाद समाधानतिर गएपछि प्रदेशमा त्यसको प्रभाव परेको हो । एमालेमा एकता कायम रहे सुदूरप्रदेशमा उसको सरकार बन्ने सम्भावना बलियो छ।

एमाले सांसदहरूले सरकार गठनबारे केन्द्रको निर्णय कुरेको बताएका छन्। सुदूरपश्चिम प्रदेश सभामा एमालेका २५, कांग्रेसका १२, माओवादीका १४ र जसपाका २ जना सांसद छन्। माओवादीका एकजना सांसद निलम्बनमा परेका छन् ।

सरकार गठनका लागि २७ सांसद आवश्यक पर्ने भएकाले एक्लै बहुमत कुनै पनि पार्टीको छैन । कांग्रेस माओवादी वा एमालेको सरकार बनाउन जसपाको समर्थन चाहिन्छ।

यता केन्द्रमा जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले ओली सरकारलाई साथ दिएजस्तो यहाँ पनि जसपा सांसदले आफूहरूलाई सघाउने उनीहरूको आश छ।  



शुक्रबार ३१, बैशाख २०७८ ०२:१९ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस