ईलाका प्रहरी कार्यालय भजनीद्धारा २७ हजार  बराबरको सामान बरामत

ईलाका प्रहरी कार्यालय भजनीद्धारा २७ हजार  बराबरको सामान बरामत

धनगढी : ईलाका प्रहरी कार्यालय भजनीले २७ हजार  बराबरको सामान बरामत गरेको छ । जसमा चिनी ३० बोरा , भाँडाकुँडा २ बोरा र राङ्गा २ हल , डल्लप २ थान गरी समातिएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी सहायक निरीक्षक जनक जंग रावल ले जानकारी दिनुभयो । 

मारिया घाट आईतबार साझ डल्लप सहित भजनी नगरपालिका वडा न ३ वस्ने राम बहादुर चौधरी, भारत लखिमपूर वस्ने खेमनलाल यादव र सहजराम यादव गरी ३ जना सहित सामान ईलाका प्रहरी कार्यालय भजनीको टोलीले पक्राउ गरेको जनाएको छ । थप कारबाहीका लागी  सत्ती भन्सार कार्यालयको जिम्मा लगाएको प्रहरी सहायक निरीक्षक रावलले जानकारी दिनुभयो ।