सेती अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु

धनगढी खबर    

सेती अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत ८ जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको लम्कीचुहाँका ४५ बर्षिय पुरुष, गोदावरी नगरपालिका वडा नम्बर २ का ७२ बर्षिय पुरुष, धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ३३ बर्षिय पुरुष, धनगढीकै वडा नम्बर ४ का ५६ र ५१ बर्षिय पुरुषको मृत्यु भएको हो ।

यस्तै दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ५ क ४० बर्षिय पुरुष, कञ्चनपुरको पनर्वास नगरपालिका वडा नम्बर ६ की ३८ बर्षिया महिला र बेलौरी नगरपालिका वडा नम्बर ११ का ३८ बर्षिय पुरुषको कोरोना संक्रमणले ज्यान गएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । 



शुक्रबार ३१, बैशाख २०७८ ०३:३८ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस