सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरका थप ५३४ जनामा कोरोना पुष्टि

सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरका थप ५३४ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १२०३ नमूना परीक्षण गर्दा ५३४  जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका २५ जना यस्तै धनगढीबाहेक कैलालीका  ४०८ जना र अन्य जिल्लाका  १०१ जनामा संक्रमण पुष्टि  भएको जनाएको छ ।हाल अस्पतालमा ९८ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।

जसमध्ये २ जना भेन्टिलेटरमा, १६ जना आइसियूमा, ८० जना अक्सिजन सपोर्टमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट २ जना निको भई घर फर्किएका छन् भने थप ७  जना अस्पतालमा भर्ना भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै हाल अस्पतालको इमर्जेन्सी वार्डमा १० पुरुष र ४ महिला गरी १४ जना उपचाररत छन्।