धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षा स्थगित

धनगढी खबर    

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षा स्थगित

धनगढी । धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा तत्कालको लागि स्थगित गरेको छ ।उपमहानगरले शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित कक्षा ८ को परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको जानकारी दिएको हो ।

यसअघि उपमहानगरपालिकाले जेठ ३ गतेदेखि कक्षा ८ को परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको थियो ।

बढ्दो कोभिड १९ को संक्रमणका र जारी निषेधाज्ञाका कारण असहज परिस्थिति सिर्जना भएकाले परीक्षा स्थगित गरिएको उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव नरेन्द्र बहादुर खातीले जानकारी दिए । 

यस्तो छ विज्ञप्ति

No description available.



शुक्रबार ३१, बैशाख २०७८ ०४:१८ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस