रोयल कोल्याबोरेटिभ्सले धनगढीमा सुरु गर्‍यो आकस्मिक एम्बुलेन्स सेवा

रोयल कोल्याबोरेटिभ्सले धनगढीमा सुरु गर्‍यो आकस्मिक एम्बुलेन्स सेवा

धनगढी । रोयल कोल्याबोरेटिभ्स धनगढीले  कोभिड-१९ हेल्थडेस्क सञ्चालनमा ल्याएको छ ।  यहाँका जनतालाई सहज होस् भन्ने उदेश्यले नि :शुल्क  एम्बुलेन्स सेवा  समेत सुरु गरिएको जनाएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसगै त्यसको प्रत्यक्ष असर सुदूरपश्चिम प्रदेशमा पनि परेको छ ।

यहाँका नागरिकले एम्बुलेन्स नपाएर अकालमै ज्यान गुमाईरहेका बेला त्यो समस्यालाई समाधान गर्नको लागि  धनगढी उपमहानगरपालिकाको प्राङ्गणमै हेल्थडेस्क सहित नि :शुल्क एम्बुलेन्स सेवा सुचारु गरेको रोयल कोल्याबोरेटिभ्स धनगढीले जनाएको छ ।  बढ्दो कोरोना संक्रमणका कारण कैलाली प्रशासनले जेठ ६ गतेसम्म निषेधज्ञा जारी गरेको छ ।

यो परिस्थितीमा कैलाली कञ्चनपुरका बिरामीलाई सहज रुपमा अस्पताल सम्म पुर्याउने व्यवस्था हुने जनाएको छ । यदी बिरामीले गाडी नपाएको खण्डमा   यी नम्बरमा सम्पर्क गर्न समेत रोयल कोल्याबोरेटिभ्स अनुरोध गरेको छ ।  यस्तै हेल्थ डेस्कबाट अत्यावश्यक औषधीहरु समेत व्यवस्था गरेको जनाएको छ ।  

धनगढीका लागि 

९८०४६५५२९० (कमल प्रताप चौधरी) र ९८१०२०१५६५ (मनोज चौधरी)

अन्य क्षेत्रका लागि

९८१२६५४०९९ (रिक्त मगर), ९८१४६४१०८२ (बाबुराम पौडेल),

९८२३५२६२८४ (बालकृष्ण चौधरी) र ९८१८४७८३३० (सुरेन्द्र सिंह)