नेपाललाई आपत्कालीन सहयोग आवश्यक पर्‍यो: डब्लुएचओ

नेपाललाई आपत्कालीन सहयोग आवश्यक पर्‍यो: डब्लुएचओ

नेपालको स्वास्थ्य संरचनाले धान्न नसकेछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई आपत्कालीन सहयोगको आवश्यक परेको बताएको छ । भारतसँगै नेपाल, श्रीलंका, भियनताम, कम्बोडिया र थाइल्यान्ड पनि चरम संकटमा परेको  डब्लुएचओको निष्कर्ष छ ।

नियमित प्रेस सम्मेलनमा डब्लुएचओका महानिर्देशक टेड्रोसले भारतसँग नेपाललगायत देशमा संक्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका छन् ।  यो समस्या सम्बन्धित देशको भन्दा ठूलो भएकाले डब्लुएचओको तर्फबाट सबैखाले सहयोग हुने उनले बताए ।