जोशी दम्पती द्वारा "अक्सिजन कन्सन्ट्रेटर" खरिद अभियान लाई आर्थिक सहयोग

जोशी दम्पती द्वारा "अक्सिजन कन्सन्ट्रेटर" खरिद अभियान लाई आर्थिक सहयोग

धनगढी । कैलाली अस्पतालका संचालक तथा निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश (अफिन) का अध्यक्ष जनकराज जोशी र उनकी धर्मपत्नी रोहिणी जोशीले रोटरी क्लब धनगढीले चलाएको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा आर्थिक सहयोग गरेका छन् ।
जोशी दम्पतिले क्लबलाई ५१ हजार सहयोग गरेका हुन् । 
सामाजिक उत्तरदायित्व बहन गर्दै क्लबलाई सहयोग गरेको जोशिले बताउनुभयो ।

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ ।
सोही अनुसार सहयोग गर्नेहरु बढ्दै गएका छन् । विभिन्न व्यक्ती र संस्थाले यो अभियानमा सहयोग गर्दै आएका छन् ।

सोही अभियानका लागि क्लबलाई १ करोड ३० लाख रकम आवश्यक परेको हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष तोयराज भट्टले आग्रह गरेका छन् ।

क्लबले सहयोग रकम रोटरी क्लब अफ धनगढीको एभरेष्ट बैंक लिमिटेड धनगढी शाखामा रहेको खाता नम्बर ०११००५०१२२५२३९ मा जम्मा गर्न आग्रह गरेको छ । सम्पर्कका लागि ९८५८४२०२२४, ९८४१६३३०००, ९८५८४२०१६३ र ८५८४२२४२७ मा फोन गर्न सकिनेछ ।