सुदुरपश्चिमका अस्पतालमा स्वास्थ उपकरण खरिदका लागि २३ करोड बढी निकासा

सुदुरपश्चिमका अस्पतालमा स्वास्थ उपकरण खरिदका लागि २३ करोड बढी निकासा

धनगढी । सुदूरपश्चिम प्रदेशका तीन अस्पतालमा अक्सिजन ट्याङ्क, आइसीयू र भेन्टिलेटर खरिद गर्न २३ करोड ४० लाख बजेट निकासा भएको छ ।

धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल, कञ्चनपुरमा रहेको महाकाली अस्पताल र डडेल्धुरामा रहेको डडेल्धुरा अस्पतालललाई सो बजेट निकासा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।
 
सेती अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटर र अक्सिजन ट्याङ्क खरिद गर्न ६ करोड ८० लाख, महाकाली अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटरसहित एउटा अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क जडान गर्न ९ करोड ८० लाख, त्यस्तै डडेल्धुरा अस्पतालमा पनि १० आइसीयू, ५ भन्टिलेटर र एउटा अक्सिजन टयाङ्क खरिद गर्न ६ करोड ८० लाख बजेट निकासा गरिएको हो ।