आज वर्षाकाे सम्भावना कति ?

आज वर्षाकाे सम्भावना कति ?

साेमबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भगका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। साेमबार राति हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार मंगलबार दिउँसाे प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।