सरकार विरुद्ध तरुण दलको धनगढीमा बिरोध प्रदर्शन (फोटो फिचर)

सरकार विरुद्ध तरुण दलको धनगढीमा बिरोध प्रदर्शन (फोटो फिचर)

धनगढी : नेपाल तरुण दलले सरकार विरुद्ध धनगढीमा बृहत बिरोध प्रदर्शन गरेको छ । दिई तिहाइको दम्भमा सरकारले जनबिरोधि काम गरेको भन्दै धनगढी चौराहादेखी पार्क मोडसम्म आज बिरोधि ¥यालीको आयोजना गरिएको थियो ।

बिरोध प्रदर्शनको क्रममा सरकार विरुद्ध नारा लगाएको तरुण दलले प्रधानमन्त्री केपि शर्मा ओलिको राजीनामा समेत माग गरेको छ । सरकारले मंहगी नियन्त्रण गर्न नसकेको, बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारलाई न्याय दिन नसकेको र वाईडबडी विमान खरीदमा भ्रष्टाचार गरेको भन्दै तरुण दलले सरकारको बिरोधमा प्रदर्शन गरेको हो ।

त्यस्तै, चिकित्सा शिक्षा विधेयक, अनसनरत डा.गोविन्द्र केसीको माग सम्बोधन गर्नुपर्ने पनि माग गरिएको छ । बिरोध सभामा नेपाल तरुणदलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत लगायत नेता तथा कार्यकतको उपस्थिति छ ।