कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : गोपाल शर्मा र सीता नेपाली मन्त्री नियुक्त

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : गोपाल शर्मा र सीता नेपाली मन्त्री नियुक्त

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीहरुले आज दिउसो सपथग्रहण गर्ने भएका छन् । हिजो थपिएका दुई मन्त्रीको आज दिउँसो १ बजे सपथ ग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री शाहीले हिजो नेकपा माओवादी केन्द्रका सचेतक सीता नेपालीलाई आन्तरिक मामिला तथा कानून र युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् भने गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए ।  

सामाजिक विकास र उर्जा तथा जलस्रोत मन्त्रालय नेपाली कांग्रेसलाई दिइने गरी मुख्यमन्त्री शाहीले आफुसँग राखेका छन् ।