कस्तो रहला आज दिनभरको मौसम, आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह !

कस्तो रहला आज दिनभरको मौसम, आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह !

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वी मध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्र वात ताउ-ते को प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रहेको मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ।

देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन मौसम मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।