भारतमा संक्रमणदर घट्दै, २४ घण्टामा २ लाख ६७ हजार संक्रमित थपिए

भारतमा संक्रमणदर घट्दै, २४ घण्टामा २ लाख ६७ हजार संक्रमित थपिए

कोरोना भाइरस संक्रमण तीव्र बनेको भारतमा संक्रमण दर क्रमशस् घट्न थालेको छ । केही दिन चार लाखभन्दा बढी संक्रमित थपिएको भारतमा अहिले क्रमशस् संक्रमितको संख्या घट्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसको तथ्यांक अपडेट गरिरहेको वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा भारतमा २ लाख ६७ हजार १७४ जनामा संक्रमण थपिएको छ । सोही अवधिमा ४ हजार ५२५ नागरिकले ज्यान गुमाएका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ५४ लाख ९५ हजार १४४ पुगेको छ । त्यस्तै अहिलेसम्म २ लाख ८३ हजार २७६ जनाको ज्यान गएको छ ।

अहिलेसम्म भारतमा २ करोड १९ लाख ७९ हजार ७०३ जनाले कोरोनालाई जितेका छन् । ३२ लाख ३२ हजार १६५ जना सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।