ताउ–ते चक्रवातका कारण भारतमा कम्तीमा ३३ जनाको ज्यान गयो

एजेन्सी    

ताउ–ते चक्रवातका कारण भारतमा कम्तीमा ३३ जनाको ज्यान गयो

अरब सागरमा उत्पन्न भएको ताउ–ते चक्रवातका कारण भारतमा कम्तीमा ३३ जनाको ज्यान गएको छ ।गुजरात, केरला, गोवा, महाराष्ट्र, मुम्बइ लगायतका राज्यहरुमा प्रभाव पारेको चक्रवातले कम्तीमा ३३ जनाको ज्यान जानुको साथै ९० जना भन्दा धेरै हराइरहेका बीबीसी हिन्दीले जनाएको छ ।

मुम्बईको समुद्री किनार नजिक पी ३०५ जहाज डुब्दा उनीहरु हराएका हुन् । बेपत्ता भएकाहरुको खोजी भइरहेको भारतीय जलसेनाले जनाएको छ । चक्रवातको असरले गुजरातमा धेरै क्षति पुर्याएको छ । भारतीय मौसम विभागले आजदेखि चक्रवात कमजोर हुँदै जाने बताएको छ । गुजरातमा अझै केही समय ठूलो पानी भने पर्ने बताइएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चक्रवातबाट बढी प्रभावित गुजरातको अवलोकन गर्नुभएको छ । बिहान गुजरातका प्रभावित क्षेत्रको हवाइजहाजबाट अवलोकनपछि गुजरातका मुख्यमन्त्री विजय रुपाणीसँग छलफल गर्नुभएको बीबीसीले जनाएको छ । गुजरातमा सन् १९८८ पनि यो यस पटक ठूलो आँधी आएको हो । गुजरातका तटीय क्षेत्रहरुमा विद्युत सेवा र सडकहरु बन्द भएका छन् ।



बुधबार ०५, जेठ २०७८ ०२:१७ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस