थाहा छैन यो सालले कति आफ्ना लिएर जान्छ

थाहा छैन यो सालले कति आफ्ना लिएर जान्छ

थाहा छैन यो सालले कति आफ्ना लिएर जान्छ।
सम्वत नै राक्षस छ कतिका सपना लिएर जान्छ।

बाँच्नुस बँचाउनुस यो मानवीयता देखाउने बेला,
को भन्छ माहामरीले हाम्रा भावना लिएर जान्छ।

युद्ध अवश्य जितिन्छ नडराइ लुकेर बस्नुस नत्र,
व्यर्थ हुन्छ गरिन्छ्न हाम्रा कामना लिएर जान्छ।

सम्बन्ध अमिलो नबनाउनु कुन पल अन्तिम हो,
कुनै समय यस्तो हुन्छ कि सम्झना लिएर जान्छ।

एकदिन यस्तो समय आउँछ सिकाएर जान्छ,
जिन्दगीभर पूरा नभएका तिर्सना लिएर जन्छ।

प्रकृतिसँग जिस्किनु हुन्न कसैले जित्न सक्दैन,
बाढी पहिरो आउँछ जङ्गल घना लिएर जान्छ।