‘ताउ-ते’ आँधीले भारतमा कम्तीमा ९० जनाको मृत्यु

‘ताउ-ते’ आँधीले भारतमा कम्तीमा ९० जनाको मृत्यु

भारतमा ‘ताउ-ते’ आँधीका कारण कम्तीमा ९० जनाको मृत्यु भएको छ । आँधीले सबैभन्दा बढी पश्चिम दक्षिणका राज्यहरूलाई धेरै असर गरेको छ ।

सोमबार गुजरातमा जमिनमा आइपुगेको आँधीले मच्चाएको बितन्डामा कम्तीमा ९० जनाको मृत्यु भएको र कैयौं मानिसहरू बेपत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

आँधीसँगै विभिन्न स्थानमा भारी वर्षा भएको छ ।  समुद्रमा ८ मिटरसम्म अग्ला छाल आएको छ भने वर्षा र हुरीले सडकमा रूख ढाल्दा यातायात सेवा तथा विद्युत अवरूद्ध भएको छ ।

भारतीय मौसमविद्हरूका अनुसार बुधबारदेखि ताउ-तेको प्रभाव कम हुँदै गएको छ ।