सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट कोरोना संक्रमणमुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट कोरोना संक्रमणमुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना मुक्त भएका छन् । कोराना संक्रमण देखिएको १०ओै दिन बुधवार गरेको पिसिआर रिपोर्ट निगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री भट्टलाई केही दिन ज्वरो र रुघाखोकी आएको भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको थियो ।

मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ का अनुसार सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै मुख्यमन्त्रीको उपचार भएको थियो ।