सुदूरपश्चिममा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु

सुदूरपश्चिममा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु

बैतडी । जिल्ला अस्पताल बैतडीका एक जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।डडेल्धुरा अस्पतालमा उपचारका क्रममा दशरथचन्द नगरपालिका(४ घर भएका का ४५ वर्षीय पुरूषको बिहीबार दिउँसो मृत्यु भएको हो।

बैतडी जिल्ला अस्पतालमा उनी मेडिकल रेकर्डरका रूपमा कार्यरत थिए। उनको स्वास्थ्यमा जटिलता देखिएकाले ५ दिनअघि बैतडीबाट डडेल्धुरा रिफर गरिएको थियो। उनमा वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

डडेल्धुरा अस्पतालको आइसियूमा उपचाररत उनको मृत्यु भएको जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन्ट  डाक्टर बसन्तराज जोशीले बताए।