शुक्रबार कञ्चनपुरमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

शुक्रबार कञ्चनपुरमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुर शुक्रबार कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भीमदत्त नगरपालिकाका ५, बेलौरी, शुक्लाफाँटा, कृष्णपुर र दोधारा चाँदनी नगरपालिकाका एक/एक जनाको मृत्यु भएको हो ।

हालसम्म जिल्लामा कोरोना संक्रमणबाट १०१ पुरुष र ४२ महिला गरी १४३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा शुक्रबार ११८ जनामा संक्रमण पुष्टि भएको छ भने २३५ जना संक्तमण मुक्त भएका छन् ।