सेतीमा विशिष्ट व्यक्तिका लागि छुट्टै वेड स्थापना गर्ने तयारी

सेतीमा  विशिष्ट व्यक्तिका लागि छुट्टै वेड स्थापना गर्ने तयारी

धनगढी : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले राम्रो वेड नभएको भन्दै धनगढीको सेती अञ्चल अस्पतालमा उपचार नगराई निवासमा उपचार गराएको भन्दै सर्वत्र आलोचनापछि प्रदेश सरकारको ध्यानाकर्षण भएको छ । 

बुधवार विहानै अस्वस्थ भएपछि मुख्यमन्त्री भट्ट सेती अञ्चल अस्पताल पुगेका थिए । अस्पताल पुगेर पनि राम्रो वेड नभएको भन्दै फर्किएर निवासमै डाक्टरलाई बोलाएर भट्टले उपचार गराएका थिए ।

सेतीमा राम्रो वेड नभएपछि मुख्यमन्त्री भट्टको निवासमा उपचार गरिदै

त्यसपछि मुख्यमन्त्री भट्टको सर्वत्र आलोचना भएको थियो । आलोचनापछि प्रदेश सरकार अस्पतालमा तत्काल विशिष्ट व्यक्तिका लागि कक्ष स्थापनाको तयारीमा लागेको छ । 

मुख्यमन्त्री भट्टको तिव्र आलोचना भएपछि अस्पतालमा तत्काल २ वटा विशिष्ट ब्यक्तिका लागी वेड बनाउने तयारीमा प्रदेश सरकार लागि परेको सामाजिक विकास मन्त्री दिर्घ सोडारीले बताए ।

‘यस विषयमा अस्पताल प्रशासनसंग छलफल शुरु भएको छ ।’ उनले भने, ‘एक हप्ता भित्र सेती अञ्चल अस्पतालमा विशिष्ट व्यक्तिका लागि उपचार कक्ष स्थापना गर्छौ ।’

सर्वसाधारण विरामी हुदा भुईमा उपचार गराउनुपर्ने बाध्यता रहेका बेला प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सेती अञ्चल अस्पतालमा राम्रो वेड नभएको भन्दै निवासमै उपचार गराएपछि हिजो त्यसको सर्वत्र विरोध भएको थियो । 

आफै मुख्यमन्त्री भएर अस्पतालको स्तरोन्नति गर्न नसकेका बेला अस्पतालमा वेड राम्रो नभएको भन्दै उपचार नगराएरै फर्किएर निवासमा उपचार गराएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका थिए । 

आलोचनापछि पुनः सेतीमा चेकजाच

आलोचनापछि पुनः मुख्यमन्त्री भट्टको विहिवार सेती अञ्चल अस्पतालमा श्वास्थ्य जाँच गरिएको छ । 

अञ्चल अस्पतालमा कार्यरत फिजिसियन डाक्टर किरण खनाल र अल्ट्रासाउण्ड विषेशज्ञ होमराज पन्तले मुख्यमन्त्री भट्टको स्वाथ्इ जाच गराएका थिए ।

सो क्रममा मुख्यमन्त्री भट्टकोे भिडियो एक्सरे गरिएको र खास समस्या केहि नदेखिएको बताईएको छ ।

दौडधुप बढि भएको र खानपान समयमा नहुदा स्वास्थ्यमा समस्या आएको उपचारमा संलग्न डाक्टर खनालले बताए ।

डाक्टरहरुले मुख्यमन्त्री भट्टलाई केहीदिन आराम गर्न सुझाव दिएको उनको निजी सचिवालयले जनाएको छ ।