धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एक हजार १ नमूना परीक्षण गर्दा ५३८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै अस्पतालमा १०३ जनाको उपचार भईरहेको जनाएको छ । अस्पतालमा आइसीयुमा १६ जना रहेकोका छन्, भने ८३ जना अक्सिजन सर्पोटमा उपचार भईरहेको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट १० जना कोरोनामुक्त भएका छन् भने थप ९ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।