कञ्चनपुरमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

कञ्चनपुरमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

महाकाली अस्पताल कञ्चनपुरमा एक जना पुरुष र सेती अस्पताल धनगढीमा एक जना महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

महाकाली अस्पतालमा भीमदत्त नगरपालिका ४ का ६८ वर्षीय पुरुषको र सेती अस्पतालमा शुक्लाफाटा नगरपालिका ११ का ५२ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।