प्रदेश सभा सदस्य पुर्णा जोशीले जिल्ला अस्पताल डोटीमा अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको छ ।
पछिल्लो समय कोरोना संक्रमणका बिरामिलाई अक्सिजन अभावमा समस्या उत्पन्न भएपछि प्रदेश सभा सदस्य पुर्णा जोशीले जिल्ला अस्पताल डोटीमा १५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको हो ।
जिल्ला अस्पताल डोटिमा अक्सिजन सहयोग भएपछि जिल्लामा खुशियाली छाएको छ अक्सिजन को ब्यबस्था भय पछि जिल्ला अस्पतालमा भएका बिरामि लाई एक महिना समस्या नभएको जिल्ला अस्पताल डोटिका परिवार नियोजन निरीक्षक सूर्य बिष्टले जानकारि दिनु भयो ।
पछिल्लो समय जिल्लामा अक्सिजन नभएका कारण कोरोना बिरामीले अकालमै ज्यान गुमाएका थिए।