घोडाघोडी अस्पतालमा कोरोना संक्रमीतको संख्या घट्यो, नियमित सेवाहरु सञ्चालन

घोडाघोडी अस्पतालमा कोरोना संक्रमीतको संख्या घट्यो, नियमित सेवाहरु सञ्चालन

जेठ ११, सुखड
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको घोडाघोडी अस्पतालमा कोरोना संक्रमीत बिरामीको संख्या घट्दै गएको छ । कोभिड १९ महामारीको दोश्रो लहर सुरु भए संगै अस्पतालले आकस्मिक तयारी गरि छुट्टै भवनमा आईसोलेसन स्थापना गरी कोरोनाका बिरामीको उपचार सुरु गरेको थियो । केहि दिन यता कोरोना भाईरसका बिरामीको संख्या घट्दै गएको छ ।

संक्रमणको दर घटे संगै बिगतमा अस्पताल बाट दिदै आएका सम्पुर्ण सेवा सुबिधाहरुलाई निरन्तरता दिईरहेको अस्पतालका अध्यक्ष बिष्णु प्रसाद सापकोटाले बताए । उनले दैनिक रुपमा हाडजोर्नी तथा नशारोग बिशेषज्ञ, महिला रोग बिशेषज्ञ , जनरल फिजिसियन डाक्टरहरुले सेवा दिदै आएको जानकारी दिए ।
जिल्लाको मध्य क्षेत्रमा रहेको अस्पतालले आईपर्ने सम्स्यालाई मध्यनजर गदै २४सै घन्टा आकस्मिक सेवा अस्पतालमा आश्वयक औषधी उपकरण थप गरेको अस्पतालका डाक्टर एम.एस.सेखको भनाई रहेको छ ।