सेतीको परीक्षणमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि ४ जनाको मृत्यु

सेतीको परीक्षणमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि ४ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरीएको कोरोना परीक्षणमा १ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । ६  सय ५४ जनाको स्वाब परीक्षण गरीएकोमा ५  सय २१ जनाको रिपोट नेगेटिभ आएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार अस्पतालमा ६५ जनाको उपचार भईरहेको जनाएको छ ।पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट १६ जना कोरोनामुक्त भएका छन् भने  थप ४ जना अस्पतालमा भर्ना भएका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।