प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ बिहीबारदेखि

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ बिहीबारदेखि

 प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाइ बिहीबादेखि शुरू हुने भएको छ। विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० रिट दायर भएका छन्।

सर्वोच्च अदालत स्रोतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ बिहीबार र संवैधानिक वेञ्चमा सुनुवाइको माग गरिएका ११ रिटको सुनुवाइ शुक्रबार लागि तोकिएको छ।

सर्वोच्चमा संसद पुन:स्थापना भए केपी ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने माग गरिएका ४ वटा पनि सर्वोच्चमा दायर छन् ।