बाघलाई खुर्पाल हानेर बाँचे ७४ वर्षीय वृद्ध

बाघलाई खुर्पाल हानेर बाँचे ७४ वर्षीय वृद्ध

र्दियामा बाघको आक्रमणबाट एक वृद्ध घाइते भएका छन्। बुधबार बेलुकी मधुवन नगरपालिका वडा नम्बर १ को औराही सामुदायिक वनमा बाख्रा चराउँदै गरेका ७४ वर्षका लालबहादुर थारुलाई बाघले आक्रमण गरी घाइते बनाएको हो।

थारुले आफ्नो साथमा रहेको खुर्पाले हानेर बाघलाई हानेको र चोट लागेर बाघ जङ्गलतर्फ भागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बाघले आक्रमण गर्दा अनुहार दाहिने खुट्टामा घाउ लागेका थारुको बर्दिया अस्पतालमा उपचार भइरहेको छ।