नीति विधि पद्धतिका वायात् कुरा हुँदै छन्

नीति विधि पद्धतिका वायात् कुरा हुँदै छन्

नीति विधि पद्धतिका वायात् कुरा हुँदै छन्।
हाम्रा भने आशाका किरण मधुरा हुँदा छन्।

सबैका सपनाहरू कहाँ पूरा हुन्छन् र प्रिया, 
कसैका भत्किएर गए कसैका पूरा हुँदै छन्।

बनाउनेहरू बिदा भएर गए यस्तै हो जीवन,
बिगार्न भने आज एक से एक धुरा हुँदै छन्।

हो सम्बन्ध बिग्रेपछि धारिलो हतियार बन्छ,
यसरी बोल्छन् एक अर्कोलाई छुरा हुँदै छन्।

उज्यालो नहुँदै अँध्यारो भयो तिमी गएपछि,
तिम्रा सिद्धान्तका ठेली केवल झुरा हुँदै छन्।

नैतिकता बिहिन नीतिहरूको चर्चा हुँदै गर्दा,
आदर्शका अनुयायीहरू सबै टुहुरा हुँदै छन्।

भ्रष्ट पतित मान्छेहरू नेता हुँदैछन् मुलुकमा,
नि:स्वार्थ जिन्दगी बिताएका बबुरा हुँदै छन्।

विद्वानहरू बिचरा बनेर हराउछन् यो देशमा,
अचम्म छ सबैभन्दा विद्वान यी भुरा हुँदै छन्।