सामाजिक सुरक्षा कोषमा ४ अर्ब ६६ करोड

सामाजिक सुरक्षा कोषमा ४ अर्ब ६६ करोड

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६र७७ मा ३ लाख ७० हजार ७ सय ३४ सूचीकृत बेरोजगारमध्ये १ लाख ५ हजार ६ सय ३५ व्यक्तिले रोजगारी प्राप्त गरेका थिए।

चालु आर्थिक वर्षको फागुनसम्ममा रोजगार सेवा केन्द्रमा सूचीकृत ७ लाख ४३ हजार ५ सय ३ बेरोजगारमध्ये ३३ हजार ७ सय ३३ व्यक्तिले रोजगारी प्राप्त गरेको आर्थिक सर्वेक्षणमा बताइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित विभिन्न रोजगार लक्षित कार्यक्रमबाट हालसम्म ४ लाख ४३ हजार ४ सय ६७ व्यक्तिलाई आंशिक र ४८ हजार ७ सय ८१ व्यक्तिलाई पूर्ण रोजगारी दिएको बताइएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म १३ हजार ५ सय २६रोजगारदाता र १ लाख ९३ हजार ७२ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ब भएका छन । सामाजिक सुरक्षा कोषमा हालसम्म ४ अर्ब ६६ करोड १० लाख १५ हजार योगदान बापतको रकम उक्त कोषमा जम्मा भएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

यस्तै चालू आर्थिक बर्षको फागुनसम्म ८ जिल्ला, ९८ स्थानीय तह र ८५० वडामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सम्पन्न भएको छ। १६ जिल्लामा विवरण दर्ता कार्य सुचारू रहेको छ। हालसम्म २२ लाख नागरिकको विवरण सङ्कलनको कार्य सम्पन्न भएको बताइएको छ ।