सेती प्रादेशिक अस्पतालमा थप १८८ जनामा कोरोना भाइरस संक्रमण पुस्टि

सेती प्रादेशिक अस्पतालमा थप १८८ जनामा कोरोना भाइरस संक्रमण पुस्टि

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा थप १८८ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

पछिल्लो २४ घण्टामा अस्पतालमा ६५३ जनाको नमुना परीक्षण गर्दा थप १८८ जनामा कोरोना संक्रमण पुस्टि भएको हो। त्यस्तै ४६५ जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ, थप २ जना अस्पताल भर्ना भएका छन् भने ४ जना कोरोना निको भई घर फर्केका छन्। हाल अस्पतालमा ४२ जना संक्रमित उपचाररत छन्। अस्पतालमा १५ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको अस्पतालले जनाएको छ।