सुदूरपश्चिम प्रदेशमा सरकार पुनर्गठन हुँदै, को–को बन्दैछन् मन्त्री ?

सुदूरपश्चिम प्रदेशमा सरकार पुनर्गठन हुँदै, को–को बन्दैछन् मन्त्री ?

कैलाली । एमालेको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिएको सुदूरपश्चिम प्रदेश सरकारमा एमालेको तर्फबाट मन्त्री थपिने भएका छन् । सोमबार स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिएको सुदूरपश्चिम प्रदेशमा शुक्रबार एमालेको तर्फबाट केहि मन्त्री थपिने सम्भावना बढेको छ ।

१० जनासम्म मन्त्री रहने प्रदेशमा अहिले ५ मन्त्री छन् । हाल २ मन्त्री फिर्ता बोलाएर ५ नयाँ मन्त्री बनाउने बिषयमा अन्तिम तयारी भइरहेको छ । एमालेको तर्फबाट पूर्णा जोशी मन्त्री बन्ने चर्चा छन् । उनलाई सामाजिक विकास मन्त्रालयमा ल्याउने तयारी भइरहेको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ ।

अहिले सामाजिक विकास मन्त्री कृष्ण सुवेदी छन् । उनलाई फिर्ता बोलाउने सम्भावना बढी छ । एमालेकै तर्फबाट तारा लामा तामाङ पनि मन्त्री बन्ने संंभावना छ । उनी प्रमुख सचेतक थिए । आज नै दलका नेता प्रकाश शाहले तामाङलाई दलको नेताबाट हटाएर लालबहादुर खड्कालाई जिम्मेवारी दिएका छन् ।

मन्त्री बनाउन उनलाई दलको नेताबाट हटाइएको बताइएको छ । तर, तामाङले भने पार्टीमा विवाद बढेको हुँदा मन्त्री पद स्वीकार गरेका छैनन् । उनले सुविधास्वरूप पाएको सवारी समेत फिर्ता लिएर कञ्चनपुर फर्किएको बताइएको छ ।

एमालेकै तर्फबाट दीर्घ सोडारी पनि मन्त्री बन्ने सम्भावना छ । उनी यस पनि सामाजिक विकास मन्त्री थिए । दुवै जना तयार भए जोशी, सोडारी र तामाङ मन्त्री बन्ने छन्।

एमालेबाटै चुनकुमारी चौधरी र कुलवीर चौधरीलाई पनि राज्य मन्त्री बनाउने सम्भावना छ ।

माओवादी केन्द्रबाट पनि आज २ मन्त्री थपिने बताइएको छ । दार्चुलाबाट निर्वाचित मानबहादुर धामीलाई मन्त्री र कञ्चनपुरबाट निर्वाचित मानबहादुर सुनारलाई राज्य मन्त्री बनाउने तयारी छ ।

एमाले भित्र विवाद बढे पनि माओवादीमा भने विवाद नरहेको पाइएको छ। अहिले माओवादीले नेतृत्व गरेको सरकारमा माओवादी केन्द्र मुख्यमन्त्री र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय रहेको छ । एमालेसँग अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग वन तथा वातावरण मन्त्रालय रहेको छ । आर्थिक मामिला तथा कानुन मन्त्रालय पनि अहिले एमालेले पाएको छ ।

कानुन र अर्थ मन्त्रालय सम्हालिरहेका प्रकाश शाह कानुन मन्त्रालय छोडेर अर्थमा जाने सम्भावना छ । वन मन्त्रालयबाट माया भट्टलाई फिर्ता बोलाएर त्यहाँ पनि एमालेले मन्त्री पठाउने सम्भावना छ ।

नयाँ मन्त्री थप्ने बिषयमा ओली पक्ष असन्तुष्ट देखिएको छ । केन्द्रले समर्थन फिर्ता लिइसकेपछि एमालेको तर्फबाट माधव पक्षले मन्त्री थप्न लागेको हो ।