धनगढीमा सुविधा सम्पन्न निसर्ग हस्पिटल सञ्चालनमा

धनगढीमा सुविधा सम्पन्न निसर्ग हस्पिटल सञ्चालनमा

धनगढीः प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढीमा निसर्ग हस्पिटल सञ्चालनमा आएको छ। स्वाथ्य क्षेत्रमा क्रियाशील व्यक्तिहरूको नेतृत्वमा सो अस्पताल सञ्चालनमा आएको छ। 

अस्पतालको सेवा सुविधाका बारेमा जानकारी दिन शनिवार धनगढीमा पत्रकार सम्मेलनमा असार ३ गतेबाट अस्पताल सञ्चालनमा आएको जानकारी गराइएको हो। 

१२ जनाको ५ करोड लगानीमा २५ सैयाको अस्पताल सञ्चालनमा आएको अस्पताल सञ्चालक समितिका अध्यक्ष तिर्थराज पन्तले बताए। 
उनले प्रदेश नम्बर ७ का अन्य अस्पताल भन्दा प्रर्याप्त सेवा सुविधा दिएर यहाँको स्वाथ्य उपचारमा सहज गर्ने उदेश्यले अस्पताल सञ्चालनमा ल्याएको बताए। 

अस्पतालले बाल रोग बिशेषज्ञ सेवा, स्त्री तथा प्रससुति रोग, हाटजोर्नी तथा नसा रोग, जनरल तथा दूरबिन प्रविधिबाट सर्जरी बिशेषज्ञ लगायतका सेवादिने अध्यक्ष पन्तले जानकारी दिए। 

अस्पतालमा सघन उपचार कक्ष, नवजात शिशु सधन उपचार कक्ष, बाल सधन उपचार कक्ष, कृतिम स्वास् प्रस्वास् प्रणाली लगायत कक्षहरू रहेका छन् । बिरामीहरूको स्वाथ्यअवस्थालाई सदैव सुधार गर्न अस्पताल कटिबद्ध रहेको अस्पताल सञ्चालक समितिका सदस्य तथा बालरोग विशेषज्ञ प्रदिपराज मिश्रले बताए। 

हाल २५ सैयामा सञ्चान गरिएको अस्पताललाई  स्तरोन्नती गरेर ५० सैयासम्म बनाउने, क्यान्डी डाईलोसीस् र सिटीस्क्यान सेवा समेत सुरु गरिने लक्ष्य लिएको अस्पताल सञ्चालक समिति जनाएको छ।