शनिबार पनि देशभर वर्षाको सम्भावना

शनिबार पनि देशभर वर्षाको सम्भावना

शनिबार पनि देशका विभिन्न भागमा चट्याङसहितका वर्षा हुने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

निरन्तरको वर्षाबाट बाढी, पहिरो  लगायतका समस्या देखिने भएकाले सचेतना अपनाउन समेत आग्रह गरिएको छ ।

हाल देशमा चक्रवात  यास् पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्र को प्रभाव रहेको महाशाखाले जनाएको छ ।