‘द भ्वाइस अफ नेपाल’का जज दीप श्रेष्ठलाई कोरोना संक्रमण, आइसीयूमा भर्ना

‘द भ्वाइस अफ नेपाल’का जज दीप श्रेष्ठलाई कोरोना संक्रमण, आइसीयूमा भर्ना

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का जजसमेत रहेका दीप ह्याम्स अस्पतालमा उपचाररत छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ ।

भ्वाइस अफ नेपालको अहिले जारी प्रतियोगिता अन्य सहभागिलाई पनि कोरोना देखिएपछि गत सातादेखि स्थगित भएको थियो ।