बैतडी समाज कैलालीले धनगढीमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न

बैतडी समाज कैलालीले धनगढीमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न

धनगढीः गर्मीयाममा बिरामीको चापलाई मध्यनजर गर्दै बैतडी समाज कैलालीले धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

रक्तदान कार्यक्रममा प्रदेशसभा सदस्य प्रेम प्रकास भट्ट लगायत ७७ जनाले रक्तदान गरेको समाजका अध्यक्ष मायाप्रकास भट्टले जानकारी दिएका छन्।

गर्मीयाममा बिरामीको चाप बढेर रगतको अभाव सृजना हुने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष भट्टले बताए।

बैतडी पुख्र्यौली घर भइ धनगढीमा कैलालीमा बसोबास गरिरहेका व्याक्तीहरुलाई एकजुट गर्ने र समाजमा सेवा गर्ने उद्देश्यलेनै समाज गठन गरेकाले सेवामुखी कार्यको सुरुवात गरेको उनले बताए।

आगामी दिनमा समाजले सेवामुखी कामलाई निरन्तरता दिने उनले जानकारी दिए।