निजी व्यसायीहरुले सरकारको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको टिप्पणी गरेका छन् । सरकारले बजेट सार्वजनिक गरेपछि सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै उनीहरुले सरकारले ल्याएको कार्यक्रम निकै राम्रो भएको भन्दै अब कार्यान्वयनको पक्ष हेर्नुपर्ने धारणा राखे ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समग्रमा बजेट सकारात्मक रहेको बताए । उनले कोरोनाले प्रभावित क्षेत्रलाई उकास्नका लागि सरकारले अघि सारेका कतिपय कदम भने महत्वपूर्ण रहेको बताए ।
बजेटका अन्य बिषयहरुमा भने अध्ययन गरेर महासंघले धारणा सार्वजनिक गर्ने उनले बताए । त्यस्तै नेपाल उद्योग परिसंघ बरिष्ठ उपाध्यक्ष बिष्णु कुमार अग्रवालले सरकाले ल्याएको बजेट सकारात्मक रहेको बताए । स्वदेशी बस्तुको प्रोत्साहनका लागि सरकाले बजेटमार्फत सम्बोधन गर्न खोजेको धारणा राखे ।
त्यस्तै अन्य व्यवसायीहरुले निजी क्षेत्रले दिएको सुझाव परेको र कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने सुझाव दिए ।