मौसमः देशभर बदली, केही स्थानमा भारी वर्षा हुने

मौसमः देशभर बदली, केही स्थानमा भारी वर्षा हुने

देशभर आइतबार आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवात यास पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव अहिले नेपालमा रहेको छ। अहिले देशका अधिकांश भू–भागमा सामान्य बदली भएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । प्रदेश १ को तराई भू–भागमा र प्रदेश २ को थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।