साओमीले नेपालमा पनि सार्वजनिक गर्याे एमआई ११ मुभि म्याजिक स्मार्टफोन

साओमीले नेपालमा पनि एमआई ११ स्मार्टफोन सार्वजनिक गेरेको छ । यो पहिलो स्मार्टफोन हो जुनमा सबै भन्दा शक्तिशाली चीपसेट क्वालकम स्न्यापड्रयागन ८८८ प्रोसेसर प्रयोग गरिएको छ ।

यो एन्ड्रोइड ११ मा चल्ने गर्दछ । फोनमा एमआईयूआई १२ रहेको छ । यसमा ६.८१ इन्चको डिस्प्ले पनि रहेको छ । यसमा डब्लुक्युएचडी र १२० हर्जको डिस्प्ले रहेको छ । यसमा रहेको एएमओएलईडी डिस्प्लेमा १२० हर्ज रिफ्रेस रेट रहेको छ ।

फोनमा इन डिस्प्ले सेन्सर समेत रहेको छ भने  ४६०० एमएचको ब्याट्री रहेको छ । एमआई ११ मा दुई ओटा स्पीकर पनि छन् । फोनमा सिनेम्याटिक १०८ एमपी क्यामेरा राखिएको छ ।

त्यस्तै एमआई ११ मा १२३ डिग्री अल्ट्रा वाईड र टेलिम्याक्रो लेन्स रहेको छ । साओमीको एमआई ११ फोन ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेजका साथमा उपलब्ध छ ।

एमआई ११ को साउण्ड हार्मन क्यार्डनले दिएको हो । साओमीले आफ्नो एमआई ११ मा चार्जर नराख्ने घोषणा गरेको छ ।

धेरै जना सँग पहिलेको पुरानो चार्जर हुने भएका साओमीले एमआई ११ मा चार्जर नराख्ने घोषणा गरेको जनाएको छ ।  हरेक बक्समा चार्जर नदिन थालेपछि यो वातावरण मैत्री हुने साओमीको दावी छ ।

साओमीका अनुसार बक्समा पनि चार्जर बनाउनुको खर्च बच्नेछ । यदी ग्राहकले साओमीकै आधिकारिक चार्जर किनेभने कम्पनीलाई फाइदा हुनेछ ।

कम्प्याटिल एडप्टर नभएसम्म छिटो चार्ज गर्ने सुविधा पाउन सकिदैन र यसका लागी उपभोक्ताले साओमीकै किन्नुपर्ने हुन्छ । नेपालमा साओमीको एमआई ११ स्मार्टफोनको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

फोन छिट्टै साओमी नेपालका आधिकारिक स्टोरमा उपलब्ध हुनेछ । आगामी जुन ३० भन्दा पहिले एमआई ११ फोन खरिद गरेमा एक वर्षको टुटफुट इन्स्योरेन्सको सुविधा समेत पाइने छ । 

यो पहिलो स्मार्टफोन हो जुनमा सबै भन्दा शक्तिशाली चीपसेट क्वालकम स्न्यापड्रयागन ८८८ प्रोसेसर प्रयोग गरिएको छ ।