कोरोनाको नक्कली औषधि वेच्ने गिरोह सक्रिय, ३५० जना पक्राउ

कोरोनाको नक्कली औषधि वेच्ने गिरोह सक्रिय, ३५० जना पक्राउ

भारतमा कोरोनाको नक्कली औषधि वेच्ने गिरोह सक्रिय भएको पाइएको छ ।कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा  ३५० जना पक्राउ परेसँगै गिरोहको बारे खुलासा भएको हो ।

भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको वरिष्ठ प्रहरी अधिकारी प्रेम नाथले जनाएका छन् ।

यी अपराध अत्यन्तै तल्लो स्तरको र मानवताविरोधी भएको भन्दै उनीहरूलाई कडा कारबाहीको माग भएको छ ।