भारतमा घट्दै कोरोना संक्रमण

भारतमा घट्दै कोरोना संक्रमण

भारतमा केही साता यता कोरोना संक्रमण र त्यसका कारण हुने मृत्यु दरमा उल्लेख्य कमी आएको छ । दैनिक चार लाखभन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले यो घटेर दुईलाख भन्दा तल झरेको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ४६० कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा १ लाख ६५ हजार ५५३ संक्रमित थपिएका छन् । 

हालसम्म भारतमा ३ लाख २५ हजार ९७२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । २ करोड ७८ लाख ९४ हजार ८०० जना भारतमा कोरोना संक्रमित भइसकेका छन् ।