दार्चुलाको मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा नयाँ भवन निर्माण भइरहेको छ।
आगामी असार मसान्तभित्र निर्माण सक्ने गरी भवन निर्माण भइरहेको हो। भारतसँग सीमा जोडिएको जोलजीवीमा अहिले सशस्त्र प्रहरी भाडाको घरमा बसेको छ। सशस्त्र प्रहरीलाई आफ्नै ब्यारेकमा राख्नका लागि अहिले भवन निर्माणको काम भइरहेको हो।
भवन निर्माणका लागि एक करोड बजेट विनियोजन भएको थियो। भवन निर्माणको जिम्मेवारी धुलिखेल प्याराडाइज एलबी कन्सट्रक्र्सनले पाएको छ। भवन निर्माणका लागि गत पुसमा निर्माण कार्य सम्झौता भएको थियो। अहिले सशस्त्रको लागि प्रिफ्याबको भवन निर्माण हुने छ।
भवन निर्माणका लागि एङ्गल राख्ने काम सुरु गरिएको निर्माण व्यवसायी बमले बताए। “भवन निर्माण सुरु गरेका छौँ, असारभित्रै काम सकिन्छ”, उनले भने, “अहिले निषेधाज्ञाका कारण समयमै सममान निर्माणमा स्थलमा पु¥याउन ढिलाइ भएको हो, अहिले कामदारसहित फिल्डमा खटाइएको छ।”