मन्त्रिपरिषद् बैठक ५ बजे बस्दै

मन्त्रिपरिषद् बैठक ५ बजे बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । मन्त्रिपरिषद्को नियमित बैठक बेलुकी ५ बजे बस्ने कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो ।

अहिले बालुवाटारमा प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्नुभएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहितको छलफलले जसपा सरकारमा जाने र मन्त्रालय बाँडफाँडको तयारी रहेको स्रोत बताउँछ ।